बिर्तामोड । कोशी प्रदेशका सांसद एकराज कार्कीले जंगली हात्तीको समस्याका कारण पार्कलाई सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उनले पार्क सञ्चालन नहुनुको मुख्य कारण नै हात्ती भएको दावी गरे ।
उक्त पार्क निर्माण भएको सामुदायिक वनको १८ वर्ष नेतृत्व गरेका कार्कीले हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङको निर्माण र सरसफाईको काम गरे सञ्चालन गर्न सहज हुने बताए । हालसम्म २ करोड लगानी भइसकेको पार्कमा अहिले पनि घेराबाराको काम चलिरहेको सांसद कार्कीको भनाई छ । २० हेक्टरमा घेरावाराको काम भएको र अन्य ठाउँ घेराबारा गर्न बाँकी रहेको बताएका छन् ।

पार्क निर्माण गर्नुभन्दा पहिले हात्ती महिनामा एक-दुई पटक मात्रै आउथ्यो । अहिले दिनहुँ आउने गरेका छन्, कार्कीले भने – हात्ती नियन्त्रण नभएसम्म पार्क सञ्चालन गर्न गाह्रो छ । हात्ती आउछ भन्ने जानकारी हुँदाहुँदै किन करोडौं लगानी गर्नुभयो भन्ने जिज्ञासामा उनले थपे– पहिले अहिले जस्तो धेरै हात्ती आउदैन थिए ।
पार्क सञ्चालनमा नरेश खरेल र एकराज कार्की बीचको द्वन्द्धले अवरोध भएको धेरैको बुझाई छ । यस बारे कार्की भन्छन्, हामीबीच द्वन्द्ध छैन । हाम्रो द्वन्द्धले पार्कमा समस्या आएको होइन । तर, कार्कीले नरेश खरेललाई निर्माण समितिको अध्यक्षमा नबस्न भने सूझाव दिएका थिए ।
नेता नै समितिको अध्यक्ष बन्नु हुदैन, पछि समस्या आएमा समाधान गर्ने व्यक्ति चाहिन्छ भन्दा खरेलले अस्वीकार गरेर अध्यक्ष बसेका थिए । श्रीमति प्रतिनिधिसभाको माननीय, श्रीमान निर्माण समितिको अध्यक्ष अलि मिल्दोजुल्दो नभएको भन्दै कार्कीले अध्यक्ष नबन्न आग्रह गरेको कुरा सत्य भएको स्वीकार गरे ।
र यो पनि पढ्नुहोस् : अलपत्र बन्यो २ करोडमा बनाइएको बिर्तामोडको शहिद नेत्र पार्क







प्रतिक्रिया