Banner news

नेत्र पार्कको स्वीमिङ निर्माणमा मात्रै ५० लाख लगानी

नेत्र पार्कको स्वीमिङ निर्माणमा मात्रै ५० लाख लगानी


बिर्तामोड । पार्क निर्माण समितिका अन्तिम सचिव टिका खरेलले नत्रेलाल पार्कमा २ करोड बढि लगानी भइसकेको जानकारी दिए । उनले आन्तरिक पर्यटनका लागि असाध्यै अनुकुल स्थल भएपनि सञ्चालन हुन नसकेको बताए ।

तीन जना अध्यक्षसँग बसेर सचिवको काम गरेका खरेलले पार्कमा पिकनिक स्थल, चिल्ड्रेन पार्क, स्वीमिङ, चेन्जिङ रुम र शितल घरहरु निर्माण सम्पन्न गरिएको जानकारी दिए । अहिले धेरै संरचनाहरुको सामान नै चोरी भइसकेको छ ।
सचिव खरेलका अनुसार तत्कालिन एमाले नेता नरेश खरेलले निर्वाचन क्षेत्र विकास कोषबाट दिएको पहिलो पाँच लाखबाट काम सुरु गरिएको बताए । त्यस पछि संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकार, झापाका सांसदहरुले पार्क निर्माणमा बजेट उपलब्ध गराएका थिए । झापा २ को सांसद रहँदा सुधिर शिवाकोटीको संयोजकत्वमा तत्कालिन सांसद मोहन टुडु, नरेश खरेल, सीपी मैनाली, मनकुमार गौतम लगायतले पार्कमा एकमुष्ट ८ लाख लगानी गरेका थिए ।

संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकारबाट ५०-५० लाख, नगरपालिकाबाट २५ लाख, सांसदहरु, पर्यटन कार्यालयहरुबाट २ करोड बढि लगानी लगानी गरिसकेको सचिव खरेलको भनाई छ । उनले राजनीतिक द्वन्द्वका कारण नेत्रलाल पार्क अघि नबढेको जिकिर गरे । उनका अनुसार ७५ प्रतिशत काम सकिएको छ । सञ्चालन गर्न पहल गरे सञ्चालन गर्न सकिन्छ ।

नेत्रलाल पार्कमा स्वीमिङ र चेन्जिङ रुम ५० लाख, डाइनोसर र बालबालिका खेल्ने दुई थान सामग्रीमा मात्रै २५ लाख गरेर ७५ लाख लगानी भएको उनको भनाई छ । बिर्तामोड नगरपालिकाले प्रवेशद्वार, टिकट काउन्टर र केहि टहरा निर्माणमा २५ लाख खर्च गरिसकेको सचिव टिका खरेलले जानकारी दिए । उनले अन्य बजेट पोखरी निर्माण, बोट खरिदसँगै विभिन्न संरचना निर्माणमा खर्च भएको बताए ।

र यो पनि पढ्नुहोस् : अलपत्र बन्यो २ करोडमा बनाइएको बिर्तामोडको शहिद नेत्र पार्क

शेयर गर्नुहोस :

0
Shares