बिर्तामोड

नेत्र पार्क बनाउन पहल गर्नेले चलाउन चाहेनन् : प्याकुरेल

नेत्र पार्क बनाउन पहल गर्नेले चलाउन चाहेनन् : प्याकुरेल


बिर्तामोड । सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलका अनुसार पर्यटकीय स्थल बनाउन ८-१० वर्ष अघि देखि पहल प्रयत्न भएको थियो । प्रदेश सांसद एकराज कार्की वन समितिको अध्यक्ष हुँदै पर्यटकीय स्थल निर्माणका लागि पोखरी निर्माण लगायतको काम थालिएको थियो । पछि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलको कार्यकालमा अलि धेरै काम भएको बुझाई छ ।

खरेलको कार्यकालमा पार्क निर्माणका लागि पटक–पटक बजेट प्राप्त भएको थियो । श्रीमति सांसद भएको बेला पार्क निर्माण समितिको अध्यक्ष नरेश खरेल बनेका थिए । वनका अध्यक्ष प्याकुरेलले एमालेको नेतृत्वमा पार्क निर्माण कार्य थालिएको जानकारी दिए । उनले पार्कमा प्रदेश र संघीय सरकारले लगानी गरेको बताए । बिर्तामोड नगरपालिकाले पनि २५ लाख लगानी गरिसकेको छ । गत आ.व. मा अन्तिम पटक प्रदेशले घेरावाराका लागि २० लाख उपलब्ध गराएको बुझिएको छ ।

वन समितिका अध्यक्ष प्याकुरेलले निर्माण समितिमा रहेका माथिल्लो तहका नेताहरुले पार्क सञ्चालनमा ख्याल नगरेको गुनासो गरे । पार्क समितिसँगै स्थानीय तहले पनि सञ्चालनका लागि चासो दिनुपर्ने उनको माग छ । ३२ हेक्टरमा फैलिएको पार्कमा हालसम्म करिव अढाई करोड लगानी भइसकेको प्याकुरेलको भनाई छ । वन समितिले रेखदेख बाहेक पार्कको अन्य केहि काम गर्न नसकेको उनले स्वीकार गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares