Banner news

लापसे गरेर सवारी चलाउने तीन चालकलाई काँकरभिट्टा पठाइयो

लापसे गरेर सवारी चलाउने तीन चालकलाई काँकरभिट्टा पठाइयो


बिर्तामोड । झापा ट्राफिकले आज तीन जना चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको फेला पारेको छ । जिल्ला ट्राफिक कार्यालय झापाले जाँचका क्रममा तीन जनाले लापसे सेवन गरेर सवारी चलाएको जनाएको हो ।

जिल्ला ट्राफिक, इप्रका काँकरभिट्टा, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले यातायात व्यवसायी र प्रतिनिधिहरुको रोहवरमा गरेको लापसे जाँचका क्रममा तीन जनामा पोजिटिभ नतिजा आएको हो । उनीहरुलाई कानुनी कारबाहीका लागि इप्रका काँकरभिट्टा पठाइएको झापा ट्राफिकका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी ज्ञवालीले जानकारी दिए ।

मेचीनगर-७ प्यारिभिट्टामा गरिएको जाँचका क्रममा पिसावबाट लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरिएको थियो । प्रहरीले मापसेमा कडाई गरे पछि सवारी चालकहरु लापसे गर्दै आएका छन् ।

सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान गरिएका प्रेस हर्नका सामग्री हटाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares