बिर्तामोड । झापाको बिर्तामोडमा आज राती गाडी चोरीको प्रयास भएको छ । बिर्तामोड –४ सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय नजिकै स्वीफ्ट गाडी चोरीको प्रयास भएको हो ।
पुरानो अन्नपूर्ण हल नजिकै स्थानीय कविन सापकोटाको गाडि चोरीको प्रयास भएको बिर्तामोड – ५ का वडाध्यक्ष रोहित प्रसाईले जानकारी दिए । उनका अनुसार गाडिको नम्बर प्लेट उक्काएर, साइडका सिसा समेत फुटाइसके पछि स्थानीयले थाहा पाएका थिए । सिसा फुटाएको छिमेकीले थाहा पाएर खवर गरेका थिए ।
खवर पाउन साथ गाडि धनी घरमुनी ओर्लिना साथ एक युवा फरार भएको जानकारी दिए । उनले इलाका प्रहरी कार्यालय अनारमनीमा उक्त घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न निवेदन दिएका छन् ।







प्रतिक्रिया