Banner news

अलपत्र शहिद नेत्र पार्क : तीन करोड खर्च, आम्दानी शून्य

अलपत्र शहिद नेत्र पार्क : तीन करोड खर्च, आम्दानी शून्य


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं. ७ मा रहेको शहिद नेत्र पार्कका नाममा ९ वर्षमा करिव तीन करोड लगानी भएको पाइएको छ ।

आर्थिक वर्ष २०७१-०७२ सालदेखि लगानी सुरु भएको पार्कमा ०७८ सम्म लगानी भएको पाइएको छ । हालसम्म २ करोड ९३ लाख ३५ हजार ५ सय रुपैयाँ खर्च भएको निर्माण समितिका सचिव टिका खरेलले जानकारी दिए ।
सांसद विकास कोषबाट पहिलो पटक ४ लाख ८५ हजार लगानी गर्दै सुरु गरिएको पार्कमा पटक–पटक गरेर करिव ३ करोड खर्च गरिएको छ ।

करिव तीन करोड हाराहारी खर्चिएको नेत्र पार्क अहिले अलपत्र अवस्थामा छ । वर्षौअघि देखि निर्माण सुरु गरिए पनि सञ्चालन नहुँदा राज्यको ठुलो लगानी खेह्र गइरहेको स्थानीयबासी बताउछन् । नेत्र पार्कको नाममा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबाट बजेट ल्याउन सजिलो भएपछि त्यसको नेतृत्व तत्कालिन एमाले नेता नरेश खरेलले गरेका थिए ।

करिव तीन करोड लागतमा पार्कभित्र स्वीमिङ पुल, बाल उद्यान, डाइनोसर, पोखरी र प्रवेशद्वार निर्माण गरिएको छ । पार्क प्रवेशद्वार, पिकनिक घर, सरसफाई, बाल उद्यानका लागि ५० लाख खर्च भएको प्राप्त सूचनामा उल्लेख छ । एउटै शिर्षकमा पटक–पटक बजेट ल्याएर खर्च गरेको उपलब्ध विवरणमा उल्लेख छ ।

पार्क निर्माणमा तत्कालिन एमाले नेता नरेश खरेल, पूर्व सांसद पवित्रा निरौला खरेल, सुधिर शिवाकोटी, प्रदेश सांसद एकराज कार्कीले अगुवाई गरेको पाइन्छ । उनीहरुले पार्क निर्माणका लागि स्रोत जुटाए पनि सञ्चालनमा वेवास्था गरेको सरोकारवालाको आरोप छ ।

शेयर गर्नुहोस :

0
Shares