बिर्तामोड । झापा जिल्ला कारागारभित्र भइरहेको झडप अझै नियन्त्रण हुन सकिरहेको छैन । कैदीवन्दी सरुवाको विषयले भएको झडप आधा घण्टा भन्दा बढि भइसकेको छ ।

झडपका क्रममा जेलभित्रबाट धुवाको मुस्लो बाहिर निस्किरहेको छ । भित्र कैदीवन्दीबीचको झगडालाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसकेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । कैदीबन्दीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरिरहेको देखिएको छ । कतिपय कैदीहरु हतियारसहित पर्खालमा देखिएका छन् ।







प्रतिक्रिया