गगन ढकाल
झापा । झापाका अस्पतालहरुले स्वास्थ्य बीमा मार्फत बिमितहरुको उपचार गरे वापत ३५ करोड भन्दा बढि रकम बुझेका छन् । कतिपयले २ महिनाको लिएका छन् भने कतिपय अस्पतालहरुले ३-४ महिनाको पनि लिएको बुझिएको छ । केहि अस्पतालले पुरानो बाँकी भुक्तानी पनि प्राप्त गरेका छन् ।
झापामा स्वास्थ्य बीमा मार्फत २१ वटा अस्पतालहरुबाट उपचार सेवा प्रदान भइरहेको छ । ती अस्पतालहरुले स्वास्थ्य बीमा मार्फत दिएको सेवा वापतमा असार अन्तिमको भुक्तानीमा कुल ३५ करोड ६७ लाख ८९ हजार चार सय ७९ रुपैयाँ रकम प्राप्त गरेका छन् । अस्पतालहरुले माग दावी गरे अनुरुप सम्पूर्ण रकम प्राप्त गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

झापाका कुन अस्पतालले कति रकम प्राप्त गरे ?
झापामा स्वास्थ्य बीमा रहेका अस्पतालहरुले सेवाग्राहीलाई दिएको सेवाको आधारमा रकम दावी गरेका थिए । जसअन्र्तगत आम्दा अस्पतालले रु. दुई करोड ३४ लाख १५ हजार छ सय १० रुपैयाँ रकम प्राप्त गरेको छ भने विर्तामोड आँखा अस्पताल प्रा.लिले रु. एक करोड सात लाख ४४ हजार ४३ रुपैयाँ प्राप्त गरेको छ । यसैगरी दमक अस्पलातले रु. छ करोड ८२ लाख ६० हजार नौ सय नौ, दमक अस्पलात एण्ड रिसर्च सेन्टरले रु. ५४ लाख पाँच हजार ३४ र विर्तामोड नगर अस्पतालले रु. ३४ लाख ७३ हजार आठ सय ९३ रकम प्राप्त गरेको छ ।
यसैगरी बुद्धशान्ति अस्पतालले रु. एक करोड ४९ लाख ६० हजार छ सय १३, गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रले रु. तीन लाख ७७ हजार आठ सय १३, हल्दिबारी आधारभूत अस्पतालले रु. ३२ लाख १९ हजार पाँच सय ७९, कनकाई अस्पताल प्रा.लि बिर्तामोडले रु. दुई करोड ११ लाख ५१ हजार पाँच सय ५८, कनकाई नगर अस्पतालले रु. एक करोड ८७ लाख २९ हजार सात सय ६४ र मेची अञ्चल अस्पतालले रु. चार करोड ३७ लाख ६७ हजारर ४९ रकम प्राप्त गरेको छ ।
यसैगरी मेची दृष्टि आँखा अस्पताल प्रा.लिले रु. ५३ लाख ८७ हजार सात सय ४८, मेची नेत्रालयले रु. ३० लाख चार हजार एक सय ८६, निम्स अस्पताल प्रा.लिले रु. दुई करोड, ५९ लाख ५१ हजार पाँच सय नौ, ओम मेची अस्पताल प्रा.लिले रु. एक करोड ८८ लाख ५१ हजार एक सय ६७ र ओमसाई पाथिभरा अस्पताल प्रा. िलभद्रपुरले रु. चार करोड ५६ लाख ४६ हजार चार सय ७९ रकम प्राप्त गरेका छन् ।
यसैगरी शनिश्चरे अस्पतालले रु. ४ लाख ३१ हजार एक सय २०, बनियाँनी प्राथमिक अस्पतालले १३ लाख ५७ हजार सात सय ७२, शिवगञ्ज प्राथमिक अस्पतालले रु. ५५ लाख ४७ हजार आठ सय ८९ र धुलाबारी प्राथमिक अस्पतालले एक करोड ४२ लाख २८ हजार नौ सय ६३ रकम प्राप्त गरेका छन् ।







प्रतिक्रिया