झापा । क्षमताभन्दा तेब्बर कैदी रहेको झापाको जिल्ला कारागार भद्रपुरमा शुक्रवारको घटनाले थप जोखिम बढेर गएको छ । विवादको दुवै पात्र सँगै रहेकोले जोखिम उत्तिकै रहेको चर्चा सुरु भएको हो ।
झापा कारागार देशभरको कारागारमध्ये सुरक्षा संवेदनशिल भएको भनिएको छ । तर, सुरक्षाका लागि सरकारले थप पहल गर्न नसकेको बेला कारागारमा ठुलै घटना दोहोरिएको छ । ठुलो घटना भए पनि क्षति हुनबाट बचेको छ ।
भाई चौकीदारको सरुवाको विषयले कारागार एकैछिनमा अशान्त बनेको थियो । आगजनीसँगै प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै ढुंगामुडा गरिएको थियो । सो क्रममा कैदी भाग्न सक्ने खतरा बढेको थियो । भाइ चौकीदारलाई सुनसरीस्थित झुम्का सरुवा गर्न नसकेपछि थप जोखिम बढेर गएको बताइएको छ ।
भाई चौकीदार सरुवामा लफडा हुँदा प्रहरीले तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन हवाई फायर समेत गरेको थियो । शुक्रवार दिउँसोको घटनाले झापा कारागारमा थप निगरानी बढाइएको बताइएको छ ।
झण्डै ७ वर्षअघि कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका भाइ चौकीदार मनोज लावतीको पक्षमा कैदीहरु उक्त गतिविधि गरेका थिए । कारागार विभागको पत्र अनुसार लावतीलाई झुम्का कारागार लैजान खोज्दा कारागारमा अशान्ति भएको जेलर मोहनलाल पनेरुले जानकारी दिए । उक्त घटना पश्चात लावतीलाई भित्रै पठाइएको थियो । उनलाई भित्र पठाएपछि मात्रै माहोल साम्य भएको थियो ।
केहि समयअघि चौकीदार लय शिवाकोटीसँग भाई चौकीदारको भित्र लफडा परेको बुझिएको छ । चौकीदार हुने बेला झुम्का सरुवा हुने भएपछि उनका पक्षधरहरु आन्दोलित बनेका हुन् । सरुवामा चौकीदार शिवाकोटीको हात भएको आरोप लागेको छ । कारागारमा शिवाकोटीसमेत कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका छन् । शिवाकोटीले सुरक्षा खतरा बढेपछि आफ्नो सुरक्षाका लागि सरुवाको आग्रह गरेको बुझिएको छ ।
नयाँ आर्थिक वर्षका लागि लावतीको नाम चौकीदारमा सिफारिस भएको थियो ।







प्रतिक्रिया