Banner news

मोवाइल व्यवसायीले नै समाते अवैध मोवाइल बेच्ने बिर्तामोडका व्यापारी

मोवाइल व्यवसायीले नै समाते अवैध मोवाइल बेच्ने बिर्तामोडका व्यापारी


झापा । पटक–पटक सचेत गराइएका झापा बिर्तामोडमा मोबाइल व्यवसायी शंकर वंशललाई फेरि अन्य व्यापारीहरुले बुधबार नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

अवैध रुपमा भारतबाट मोवाइल ल्याएर विक्री गर्दै आएका वंशललाई बुधबार बिर्तामोडका अन्य मोवाइल व्यापारीले प्रहरी बोलाएर बुझाएको मोवाइल एशोसिएशन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले जानकारी दिए । वंशलले सञ्चालन गर्दै आएको श्री श्याम मोवाइलबाट ३० थान मोवाइल भन्सार नभएको भेटिएको निरौलाले बताए ।
यसअघि पनि ५० लाख बराबरको अवैध मोवाइल बरामत गरिएको थियो । सोही मुद्धा चलिरहेको बेला फेरि अवैध मोवाइल धन्दा गरिरहेको अन्य व्यापारीको आरोप छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु गर्दा समेत वंशलले भारतबाट मोवाइल ल्याएर विक्री गर्नुले व्यापारीहरु चकित भएका छन् । भारतबाट भन्सार नतिरी ल्याइएको मोवाइल नेपालमा नचल्ने बनाइएको थियो, अध्यक्ष निरौलाले भने – सरकारले उक्त प्रणाली प्रभावकारी लागु गर्न नसकेको यो घटनाले देखिएको छ ।

विभिन्न ब्राण्डेड कम्पनीका मोवाइलहरु अवैध रुपमा आयात गरेर विक्री गरिरहेको थाहा पाएपछि मोवाइल व्यवसायीहरुले निगरानी बढाएका थिए । निगरानी बढाएकै कारण वंशल फेला परेका हुन् । उनको पसलबाट ६ देखि ७ लाखको मोवाइल बरामत भएको व्यवसायीहरुले जानकारी दिएका छन् । अवैध मोवाइलसँगै डिलरले दिने सिमित कोटाभन्दा धेरै मोवाइल भेटिएको भनाई छ ।

बिर्तामोड नगरपालिकाभित्र करिव १५० साना ठुला व्यवसायी रहेको बताइएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीपछि अवैध आयात रोकिने विश्वास गरेका बिर्तामोडका व्यवसायीले आश्चर्य प्रकट गरेका छन् ।

शेयर गर्नुहोस :

27
Shares