बिर्तामोड । मनमोहन अस्पताल बिर्तामोडका डा. एकराज गौतमलाई कारबाहीको माग गर्दै सुत्केरी सिर्जना संग्रौलाको परिवार अस्पताल पुगेको छ । अहिले अस्पतालमा पीडित परिवार र उनीहरुको समर्थनमा पुगेकाहरुले कारबाहीको माग गरिरहेका छन् । अस्पतालमा पीडितहरुको पक्षमा ठुलो संख्या उपस्थित देखिएको छ ।

सुत्केरी संग्रौलाको उपचारका क्रममा डा.गौतमले लापरबाही गरेका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको परिवारको आरोप छ । उनीहरुले उपचारमा लापरबाही गर्ने डाक्टरको लाइसेन्स खारेजको माग गरेका छन् ।
सुत्केरीपछिको उपचारमा लापरबाहीका कारण प्रेसर बढेर व्रेनमा समस्या भएको बुझिएको छ । विरामीको अवस्था गम्भीर भएपछि मनमोहनले विर्तासिटीमा रेफर गरेको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने काम भइरहेको परिवारले जनाएको छ ।
आक्रोशका साथ पीडित पक्षहरु अस्पताल पुगेपछि सुरक्षा कडा बनाइएको छ ।







प्रतिक्रिया