Banner news

कनकाई नहरमा ३८ वर्षीय पुरुषको शव फेला

कनकाई नहरमा ३८ वर्षीय पुरुषको शव फेला


शिवसताक्षी । झापाको शिवसताक्षी– १० स्थित कनकाई नहरमा एक जना युवकको शव फेला परेको छ ।

आज विहान स्थानीय ३८ वर्षीय विष्णु चिमरियाको शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार बेलुकी ८ बजेबाट हराइएको चिमरिया आज विहान माइधारदेखि करिब २ किमी दक्षिण आइतबारे स्थित कनकाई नहरमा भेटिएको वडाध्यक्ष हर्क सिगुले जानकारी दिए ।

चिमरियाको शवलाई पोष्टमार्टमका लागि मंगलबारे लगिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares