मुख्य समाचार

मेचीनगरमा लागुऔषध सहित तीन पक्राउ

मेचीनगरमा लागुऔषध सहित तीन पक्राउ


मेचीनगर । मेचीनगर १० स्थित धुलाबारीमा प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलिले विषेश सूचनाका आधारमा नवि मिया चुरौटेको घरमा छापा मार्दा गाँजा र ब्राउन सुगर जस्तो देखिने केही सामग्री सहित तीन जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मेचीनगरका हिमाल बजगाईँ, स्मृति लिम्बू र नवि मिया चुरौटेलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तीन जनालाई एकै कोठाबाट लागुऔषध सहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ पर्ने बजगाईँ कोशी प्रदेश सांसद सबिना बजगाईँको छोरा हुन् ।

शेयर गर्नुहोस :

0
Shares