Banner news

राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा राजवंशी निर्वाचित

राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा राजवंशी निर्वाचित


बिर्तामोड । राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुनिल राजवंशी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार राजवंशी ८४ मत सहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सरेश लिम्बुले ६० मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।

यस्तै सचिवमा राकेश खवास र सहसचिवमा सञ्जय पोखरेल निर्वाचित भएका छन् । अन्य पदहरुमा सर्वसम्मत भइसकेका छन् । आज विहान नयाँ नेतृत्वका लागि निर्वाचन भएको थियो ।

शेयर गर्नुहोस :

0
Shares