Banner news

थप उपचारका लागि मन्त्री कार्कीलाई काठमाडौं लगियो

थप उपचारका लागि मन्त्री कार्कीलाई काठमाडौं लगियो


बिर्तामोड । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनी डेंगु रोगबाट संक्रमित भएका थिए ।

डेंगु संक्रमण भई उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए । आज प्लेटलेट घटेर डेन्जर जोनमा आएपछि कार्कीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । कार्कीको आइतबार प्लेटलेट ४९ हजारमा झरेको थियो ।

मुटु रोगबाट पीडित रहेका मन्त्री कार्कीको टिचीङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । चिकित्सकका अनुसार मुटुमा पलाएको शिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचार गराइरहेका कार्कीलाई चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लान सुझाव दिएपछि उनलाई काठमाण्डौ लगिएको भट्टराईले जानकारी दिए । बिर्तासिटीका चिकित्सकले कार्कीको उपचारका क्रममा समस्या उत्पन्न भएको अवस्थामा श्वास प्रश्वासमा कठिनाई हुने सुझाव दिएपछि महाराजगञ्ज लगिएको हो ।

शेयर गर्नुहोस :

0
Shares