काठमाडौं । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे गरिने भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस्तै, सरकारले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।
नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले उहाँको अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो । उहाँको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो ।







प्रतिक्रिया