अन्तराष्ट्रिय

बङ्गलादेश : एक महिनाको सवारी दुर्घटनामा पाँच सयको मृत्यु

बङ्गलादेश : एक महिनाको सवारी दुर्घटनामा पाँच सयको मृत्यु


ढाका । बङ्गलादेशमा गत महिना सडक, रेलमार्ग र जलमार्गमा भएका ४६७ दुर्घटनामा परी ४९६ जनाको मृत्यु हुनुका साथै ६८१ जना घाइते भएका छन् ।

यात्रु कल्याण सङ्घ बङ्गलादेश यात्री कल्याण समितिकाअनुसार यो महिनाभर ४०२ वटा सडक दुर्घटनामा परी ४१७ जनाको मृत्यु भएको छ भने ६५१ जना घाइते भएका छन् ।
संगठनका महासचिव मोजामेल हक चौधरीले राजधानी ढाकामा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो ।

गत सेप्टेम्बरमा भएका सडक दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।
यस्तै जलमार्ग दुर्घटनामा परी २८ जनाको मृत्यु, चार जना घाइते र तीन जना बेपत्ता भएका छन् ।

दक्षिण एशियाली मुलुकका राष्ट्रिय दैनिक पत्रिका, अनलाइन समाचार पोर्टल र इलेक्ट्रोनिक मिडियामा आएका समाचारका आधारमा तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares