बिर्तामोड

तराईमा हुस्सु अपराह्नसम्म रहने

तराईमा हुस्सु अपराह्नसम्म रहने


काठमाडौँ । देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानको समयमा देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु लागेको हो ।

हुस्सु अपराह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको विभागले जनाएको छ । हुस्सुको कारणले सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको विभागले बताएको छ ।

यस्तै हुस्सुले दैनिक जनजीवन, स्वास्थ्यमा समेत प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।

शेयर गर्नुहोस :

0
Shares