Banner news

भेलामुनीबाट आमाछोरा पाँच दिनदेखि वेपत्ता

भेलामुनीबाट आमाछोरा पाँच दिनदेखि वेपत्ता


बिर्तामोड । झापा शिवसताक्षी –५ भेलामुनीकी द्रोपती ताजपुरिया दुई वर्षीय छोरा रोहनसहित वेपत्ता भएकी छन् । उनी पुस २६ गतेदेखि वेपत्ता भएको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनी छोरासहित माइती जाने भनेर हिडेको बुझिएको छ ।

२६ वर्षीया द्रोपती बुहारी र नाती २ वर्षीय रोहन ताजपुरियाको खोजी गरिदिन ससुरा भानुदेव ताजपुरियाले वडा कार्यालयसँगै शिवगञ्ज प्रहरीमा हुलिया बुझाएका छन् । सबै आफन्तसम्म पुग्दा पनि फेला नपरेकाले खोजी कार्यमा सहयोग गरिदिन ससुराले आग्रह गरेका छन् ।

उनको श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

शेयर गर्नुहोस :

0
Shares