अन्तराष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा आत्मसमर्पण

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा आत्मसमर्पण


दिल्ली – दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि  निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले जानकारी दिनुभयो । उहाँले केजरीवालको स्वास्थ्य अवस्था भने राम्रो नभएको बताउनुभएको छ ।

हिजो जेल जानुअघि केजरीवालले सर्वोच्च अदालतले चुनाव प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका बिबिसी हिन्दीले जनाएको छ ।  अदालतले चुनाव प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा गर्न मिल्ने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

शेयर गर्नुहोस :

0
Shares