अन्तराष्ट्रिय

भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त

भारतको प्रधानमन्त्रीमा मोदी नियुक्त


दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।

एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

शेयर गर्नुहोस :

0
Shares