अन्तराष्ट्रिय

चीनमा सय दिने भर्ती अभियान शुरु

चीनमा सय दिने भर्ती अभियान शुरु

(240605) — HANGZHOU, June 5, 2024 (Xinhua) — A recruiting representative (R) talks with job seekers at a job fair dedicated to the modern service sector in Hangzhou, east China’s Zhejiang Province, June 5, 2024. This job fair, organized by the employment management service center of Hangzhou City, was held here on Wednesday, where about 60 enterprises offered more than 740 job openings. (Xinhua/Han Chuanhao)

एजेन्सी । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । अभियानको पहिलो हप्तामा चारवटा अनलाइन रोजगार मेलाहरू हुनेछन् ।

यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा धेरै विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ ।

युवा लक्षित रोजगारी प्रवर्द्धन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय शुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ ।

शेयर गर्नुहोस :

0
Shares