Banner news

जुवा खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्षसहित १८ जना नियन्त्रणमा

जुवा खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्षसहित १८ जना नियन्त्रणमा


बिर्तामोड । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बासहित १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।

आज राती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ नहर चौकस्थित चन्द्रमणी रिमालको घरमा तास खेलीरहेको भन्ने गोप्य सूचनाको आधारमा १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी टोलीले उक्त स्थानमा खटि गई रित पुर्वक खानतलासी गर्दा उक्त घरको भुई तलामा रहेको कोठामा घर चन्द्रमणी रिमालसहित तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद चार लाख चौवन्न हजार पाँच सय रुपैयाँ बरामद गरी उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुको अनुसन्धान कार्य भई रहेको झापा प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेकाहरुको विवरण

१. जिल्ला झापा शिवसताक्षि नगपालिका वडा नम्बर -११ बस्ने बर्ष-६२ को चन्द्रमणि रिमाल ।
२. ऐ.ऐ. ५ बस्ने बर्ष- ३३ को मुकेश राउत ।
३. ऐ.ऐ. -११ बस्ने बर्ष-४५ को राजेन्द्र बास्कोटा ।
४. ऐ.ऐ. ४ बस्ने बर्ष- २४ को सेवराज राजवंशी ।
५. ऐऐ. ७ बस्ने बर्ष- ५४ को छत्र बहादुर सोडारी ।
६. ऐऐ. ६ बस्ने बर्ष- ४८ को लोकनाथ दुलाल ।
७. ऐऐ. ११ बस्ने बर्ष- ४९ को दिपेन्द्र घिमिरे ।
८. ऐऐ. ९ बस्ने बर्ष- ३३ को निरज दुलाल ।
९. ऐऐ. ४ बस्ने बर्ष- ३६ को रुप ना. साहा
१०. ऐऐ ७ बस्ने बर्ष- ६१ को मणी खड्का ।
११. ऐऐ. बस्ने बर्ष- ३२ को राजु दर्जी ।
१२. ऐऐ. बस्ने बर्ष- ५१ को तुला सुब्बा ।
१३. ऐऐ. बस्ने बर्ष- ६९ को सितारम कार्की ।
१४. ऐऐ. बस्ने बर्ष- ४३ को खडी बहादुर श्रेष्ठ ।
१५. ऐऐ. ११ बस्ने बर्ष- ४७ को राजेद्र बुबर ।
१६. ऐऐ.४ बस्ने बर्ष- ३५ को मनोज साहा ।
१७. ऐऐ. ९ बस्ने बर्ष- ५६ को मोहन प्रसाद दुलाल ।
१८. गौरिगंज गा.पा.१ बस्ने बर्ष-४७ को हरी राजवंशी ।

शेयर गर्नुहोस :

0
Shares