अन्तराष्ट्रिय

दक्षिण कोरियामा विमान दुर्घटना, कम्तिमा २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना, कम्तिमा २८ जनाको मृत्यु


काठमाडौं, १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान धावनमार्गबाट ​​बाहिरिएर पर्खालमा ठोक्किँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार जेजु एयरको उडान ७ सी २२१६ नम्बरको विमान १७५ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर थाइल्याण्डको राजधानी बैंककबाट उडेको विमान दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना जीवितै फेला परेका छन् । उद्धार कार्य जारी रहेको जनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares