Banner news

शिवसताक्षीमा ज्येष्ठ नागरिक र सेल्टरदातालाई एमालेको सम्मान

शिवसताक्षीमा ज्येष्ठ नागरिक र सेल्टरदातालाई एमालेको सम्मान


दुधे । नेकपा एमालेले ज्येष्ठ नागरिक र सेल्टरदातालाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका १० नं. वडा कमिटीले जरा अभियानको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रमका बीच सम्मान गरेको हो ।

माइधारस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक, सेल्टर दाता र पार्टीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा यसोदा देवी संग्रौला, टंकमाया संग्रौला, कृष्णकुमारी भट्टराई, फौदराज बोहोरा, होमादेवी अधिकारी, सकुन्तला न्यौपाने, ससिता लिम्बु, तुलसी न्यौपाने, रंगलाल थपलिया, इन्द्रकुमारी नेपाल, नर्वदा कार्की, हर्कबहादुर वि.क., पवित्रादेवी वस्ती, कृष्णप्रसाद पोख्रेल रहेका छन् ।

त्यस्तै देउसी भैलोमा सहयोग गर्ने रघुनाथ भट्टराई, कृष्ण भेट्वाल, उमाकान्त भट्टराई र इन्द्रप्रसाद सिटौलालाई सम्मान गरिएको छ । सोही अवसरमा पार्टी कार्यालय सञ्चालन गर्न निशुल्क कोठा सहयोग गर्ने लीला प्रसाद भट्टराई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले खादा ओढाएर सम्मान गरेका थिए । वडा कमिटीले जरा केन्द्रित अभियान अन्तर्गत आयोजना गरेको प्रशिक्षणमा पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले जरा अभियान विषयक प्रशिक्षण प्रदान गरेका थिए ।

त्यस्तै प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले सामाजिक सञ्जालको प्रभावकारी प्रयोगको विषयमा सहजीकरण गरेका थिए । वडा कमिटीका अध्यक्ष डम्बरकुमार तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगर कमिटी अध्यक्ष मेदनी दंगाल लगायतले मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

162
Shares