मुख्य समाचार

टिमाई खोलामा एक पुरुष मृत फेला

टिमाई खोलामा एक पुरुष मृत फेला


बिर्तामोड । झापाको मेचीनगर १० खयरडाँगीमा आज दिउँसो एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने ४०-४५ को पुरुष टिमाई खोलामा घोप्टो परी मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर प्राप्त हुन साथ तत्काल प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । आवश्यक अनुसन्धान तथा कानुनी प्रकृया भई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाईएको बताइएको छ ।

स्थानीयको भनाई अनुसार निज मृत मानिस यसै हप्ता धुलाबारी बजार क्षेत्रमा मागि खाई हिड्ने गरेका थिए ।

शेयर गर्नुहोस :

162
Shares