मुख्य समाचार

अप्ठ्यारोमा एमालेको साथ

अप्ठ्यारोमा एमालेको साथ


शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई सहयोग गरेको छ । शिवसताक्षी ९ स्तिथ संगम चोक का १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

कुटपिटबाट मृत्यु भएको आदित्यका परिवारलाई नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले नगद २९ हजार ९२० रुपैया सहयोग प्रदान गरेको हो ।

जहाँ अप्ठ्यारो त्यहाँ एमाले भन्ने मुल नारासहित समाजमा दुःख पीडामा परेका नागरिलाई सहयोग गरेको नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष लोकेश खनालले जानकारी दिए । उनले तामाङ्ग परिवार अति विपन्न अवस्थाको रहेकाले नेकपा एमाले वडा कमिटीले अप्ठ्यारोमा परेको परिवारलाई सानो सहयोग गरेको बताए । उनले भने, ‘एमाले सधैं पीडा र अप्ठ्यारो परेका जनताको साथमा छ ।’

शेयर गर्नुहोस :

162
Shares