मुख्य समाचार

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षीको अध्यक्षमा शिवराज

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षीको अध्यक्षमा शिवराज


शिवसताक्षी । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षीको अध्यक्षमा शिवराज राई निर्वाचित भएका छन् । युवा संघको तेस्रो नगर अधिवेशनबाट राई चिर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा संजोक दाहाल निर्वाचित भए ।

बिहीबार शिवसताक्षीको शिवगञ्जमा भएको अधिवेशनमा युवा संघ नगर अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत हुन नसक्दा चुवानी प्रकृयाबाट चयन गरिएको युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामाले जानकारी दिए । अन्य पदमा भने सर्वसम्मत चयन भएको थियो ।

त्यस्तै कमिटीको सचिवमा हेमराज पाण्डे, उपसचिवद्वयमा शुसिला राजवंशी, वीरबहादुर कटुवाल, कोषाध्यक्षमा सचिव श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कमिटीमा १५ जना सदस्य चयन भइसकेको नवनिर्वाचत कमिटीले जनाएको छ ।

नवनिर्वार्चित कमिटीका अनुसार युवा संघको नगर कमिटी ३३ सदस्य रहने र केही सदस्यहरुलाई मनोनयन गर्नेछ ।
अधिवेशनको उद्घाटन युवा संघकी केन्द्रीय सचिव निशा लिम्बुले गरेकी थिइन् । अधिवेशनका अधिकांश बक्ताहरुले युवाहरु फुटेर नभई जुटेर अघि बढ्न सुझाएका थिए ।

अधिवेशनमा शिवसताक्षीको भुगोलबाट प्रतिनिधित्व गर्दै युवा संघ नेपालको केन्द्रीय सचिव पदमा निर्वाचित निशा लिम्बु, झापा जिल्ला अध्यक्ष फुर्वा लामालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिव निशा लिम्बु, सदस्य खगेन्द्रराज आङ्देम्बे, नेकपा एमाले झापा जिल्ला सचिव तुलसी कार्की, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज , युवा संघ झापा जिल्ला अध्यक्ष फुर्वा लामा, चन्द्रकुमार शेर्मा, नगर अध्यक्ष मेदनी दंगालले शुभकामना मन्तव्य राखेका थिए ।

शेयर गर्नुहोस :

135
Shares