Banner news

हिमालय बेकरी : भोलीको मिति राखेर आजै विक्री

हिमालय बेकरी : भोलीको मिति राखेर आजै विक्री


झापा । शिवसताक्षीको एक पसलबाट उत्पादन मिति भन्दा अगावै खाद्य सामग्री विक्री गरेको फेला परेको छ । शिवसताक्षीको झिलझिले स्थित कनकाइ माई दुध डेरीमा भोलिको उत्पादन मिति लेखेको बेकरी खाद्य पदार्थ आजै विक्री गरेको फेला परेको हो ।

शिवसताक्षी नगरपालिकाले आज उक्त बेकरी खाद्य पदार्थ बरामद गरेको छ । उपभोक्ताको दिएको सूचनाका आधारमा उक्त बेकरी पसलमा अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त बेकरी शिवसताक्षी नगरको अनुगमन टोलीले बरामद गरेको जनाएको छ ।

शिवसताक्षी नगरपालिककी उपप्रमुख नरमाया कार्कीसहित अनुगमन टोली, नगर प्रहरी, प्रहरी लगायतको टोलीले ठुलो ब्रेड ४ थान, सानो ब्रेड ८ थान, विस्कुट ९ थान, केक १० थान,क्रिमरोल ६ थान, लामो केक ५ थान, डेनिस ८ थान, पाउरोटी १२ थान, डुनट ७ थानलगायतका खाद्य सामाग्री बरामद गरेको जनाएको छ ।

हिमालय बेकरी उद्योगबाट उत्पादन गरेको केही खाद्य पदार्थमा १६ दिनसम्म खान मिल्ने गरी मिति राखिएको समेत भेटिएको छ ।

कनकाईमाई दुध डेरीका सञ्चालक ताराप्रसाद बास्कोटाले हिमालयन बेकरी उद्योग दमकले उत्पादन गरेको खाद्य पदार्थ आज विहान पसलमा राखेको बताए । उनले भने, हामीलाई पनि यो कुरा थाहा भएन उपभोक्ताले उत्पादन मिति भोलिको छ भनेपछि हामीले थाहा पाएको बताए । हामीले थाहा पाएपछि हिमालय बेकरी उद्योगलाई खबर गरेका छौ । उनले भने, हामीले पुनः उक्त सामग्री विक्री गरेका छैनौ ।

यता हिमालयन बेकरी उद्योग दमकका सञ्चालक विकाश लिम्बुले उद्योगबाट गल्ती भएको स्वीकार गरेका छन् । उनले भने, उद्योगका कर्मचारीले काम गर्ने क्रममा गल्ती भएछ । हामीले खबर पाइसकेका छौ । बेकरीका प्रकारहरुमा १६ तारिख देखि २१ तारेख हुनुपर्ने १७ तारेख देखि २२ तारेख भएछ । हामी उक्त खाद्य पदार्थ २१ तोरखसम्म विक्री गर्नका लागि उद्योगले सामग्री दिएको पसलमा जानकारी गराउँछौ ।

बेकरी खाद्य पदार्थ उत्पादन मितिले पाँच दिन मात्र खान मिल्ने गर्दछ । बेकरी उद्योगहरुले नियत बस यस्ता खाद्य सामग्रीहरुमा उत्पादन मिति छल्ने गरेको समेत आशंका गरिएको छ । शिवसताक्षी नगरपालिकाले बरामद गरेको खाद्य सामाग्री डिस्पोज गरिने जनाएको छ ।

शेयर गर्नुहोस :

324
Shares