मुख्य समाचार

‘भट्टराई कुलवंश प्रतिष्ठानमाथिको आरोप कपोलकल्पीत तथ्यहिन’

‘भट्टराई कुलवंश प्रतिष्ठानमाथिको आरोप कपोलकल्पीत तथ्यहिन’


दमक । झापा दमक ४ का दिपेन्द्र भट्टराईको इच्छामरण प्रकरणका सम्बन्धमा भट्टराई कुलवंश प्रतिष्ठान माथि लागेको आरोप कपोलकल्पीत तथ्यहिन रहेको जनाएको छ ।

भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय दमकले आज कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिष्ठानका कार्यालय सचिव समेत रहेका दमक ४ निवासी दिपेन्द्र भट्टराईको इच्छामरण प्रकरणका विषयमा प्रतिष्ठानमाथि लागेको आरोप भ्रामक तथ्यहिन रहेको जनाएको हो ।

गत असार २२ गते दिउँसो प्रतिष्ठान परिसरमा इच्छामरण गरेका भट्टराई र प्रतिष्ठानको विषयलाई जोडेर एक स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जालमा शेयर भएरका समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानका केन्दीय अध्यक्ष दुर्गा प्रसाद भटराईले बताउनु भयो ।

भट्टराईको निधनलाई लिएर सम्वन्धित सरोकारवाला पक्षलाई बेवास्ता गरी दिग्भ्रमित गर्ने ढंगबाट समाचार प्रकाशन प्रसारण गरिएकोमा उक्त समाचार तथ्यहिन, भ्रामक र दुराशयुक्त रहेको संस्थाको ठहर रहेको प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मृतक दिपेन्द्रले लेखेको मृत्यु सन्देश पत्रमा पनि प्रतिष्ठान र अन्य ब्यक्तिहरु प्रति कुनै किसिमको आरोप नभेटिएको प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद भटराईले बताउनु भयो । प्रतिष्ठानको कागजात खोज्ने क्रममा मृतक दिपेन्द्रले लेखी छोडेको सुसाईड नोटको छायाँ कपिमा ‘मेरो भन्नु केही छैन घरायसी समस्या आयो मैले मिलाउन सकिन अल विदा सबैमा !’ लेखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मृतककी श्रीमती संगिता भट्टराईले श्रीमान दिपेन्द्रले सुसाईड गर्नुको कारण बारे आफूलाई केही थाहा नभए बताउनु भयो । मृतक भट्टराईका आफन्त कमल दाहालले पत्रकार सम्मेलनमा बोल्दै मृतक दिपेन्द्र मिजासिलो ,इमानदार रहेको बताउदै उहाँका दुई बाल बच्चाहरुको शिक्षा दिक्षामा सहयोग गर्न आग्रह गर्नुभयो । आफन्त दाहाल र पत्रकार बन्धुहरुले दिपेन्द्रका छोरा सरद र छोरी सन्धाको शिक्षा दिक्षाका लागि प्रतिष्ठानले के गर्छ भन्ने जिज्ञासाको जवाफमा अध्यक्ष दुर्गा प्रसादले यहाँहरुले राखेको जिज्ञासालाई मध्यनगर गरी प्रतिष्ठानको केन्दीय समितिले भविष्यमा केही निर्णयबाट थाहा हुने बताउनु भयो ।

पत्रकारले राखेको जिज्ञासामा घटनाको विषयमा प्रहरी प्रशासनले अनुसन्धान गरी रहेको बताउदै प्रतिष्ठानको कारोवार चेक मार्फत हुने गरेको अध्यक्ष दुर्गा प्रसादले बताउनु भयो । मृतक दिपेन्द्रका परिवारलाई भट्टराई बन्धु र प्रतिष्ठानले १ लाख २७ हजार रुपैयाँ सहयोग गरेको प्रतिष्ठानका महासचिव जीवराज भटराईले जानकारी दिनुभयो । मृतक दिपेन्द्रको विषयमा बुझ्दा २÷३ दिन पछि पोष्टमार्टम रिर्पोट आउने इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

 

शेयर गर्नुहोस :

351
Shares