Banner news

एमाले बैठक : गण्डकीबाट बोल्ने क्रम सुरु, राष्ट्रपति राजनीतिमा आउन नहुने धारणा

एमाले बैठक : गण्डकीबाट बोल्ने क्रम सुरु, राष्ट्रपति राजनीतिमा आउन नहुने धारणा


काठमाडौं । काठमाडौं नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् ।

बैठकमा सहभागी एक दिएको जानकारी अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका छन् । बैठकमा बोलेका केन्द्रीय सदस्यहरु राजिव पहारी,,पदम गीरी,रविन्द्र अधिकारी,सूर्य पाठक,रामशरण बस्नेत,इन्द्रलाल सापकोटा,प्रभा कोइराला,बालकृष्ण काउछा,तिलक महत,नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राख्नु भएके छ ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटव्यूरोलेबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउनुभयो । केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आहवन गर्नुभयो । पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताउनुभएको छ ।

आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोसो विधान महाधिवेशनमा प्रष्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणा सहित समसामयिक विषयमा सम्बोधन गर्नुभयो । उपाध्यक्ष एवं विधास संसोधन समितीको संयोजक विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तव प्रष्तुत गर्नुभयो । महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रष्तुत गरिने संगठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।

शेयर गर्नुहोस :

135
Shares