Banner news

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्रीबाट ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा ‘फिफा फर स्कुल अभियानको शुभारम्भ गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ, १५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा ‘फिफा फर स्कुल अभियानको शुभारम्भ गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उहाँले  ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गर्नुभयो ।

शेयर गर्नुहोस :

81
Shares