बिर्तामोड । झापा गाउँपालिका वडा नं. ३ मा लरेश मुर्मुको घरबाट चाँदीको गहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । साउन १४ गते बिभिन्न किसिमका चाँदीका गरगहना चोरी गर्ने सोही वडा बस्ने बर्ष १९ को निर्मल बराईली र दिपेश रसाईली पक्राउ गरिएको हो ।
प्रहरीले निर्मल बराईलीको घरबाट चोरी गरेको चुरा ९बाला०–१ जोर, चाँदीको कल्ली १ जोर,चाँदीको बिच्छी ९सिक्री० –१ थान, पाउजु–१ थान,चाँदीको सिक्री–१ थान, चाँदीको औठी –३ थान फेला पारेको थियो ।
सूचना प्राप्त गर्नासाथ प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोज तलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध सोमवार झापा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।







प्रतिक्रिया