मुख्य समाचार

रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु

रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु


झापा । झापामा रूखमा बाँधेका एकजना वृद्वको मृत्यु भएको छ ।

झापा गाउँपालिका – १ का जतन सोरेनले अध्यधिक मदिरा सेवन गरेर हो–हल्ला गरेको भन्दै छिमेकीले रूखमा बाँधेका थिए । उनलाई रातिनै रूखमा बाँधिएको थियो । बिहान हेर्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले मृतक सोरेनकै छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।

शेयर गर्नुहोस :

108
Shares