खेल

लोकतान्त्रिक खेलकुद संघ २ नं क्षेत्रीय अध्यक्षमा धिमाल सर्वसम्मत

लोकतान्त्रिक खेलकुद संघ २ नं क्षेत्रीय अध्यक्षमा धिमाल सर्वसम्मत


बिर्तामोड । हालै सम्पन्न नेपाल लोकतान्त्रिक खेलकुद संघको २ नम्बर क्षेत्रीय अधिवेशनबाट अध्यक्षमा तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक दिपेन धिमाल सर्वसम्मत चयन भएका छन् । गठित समितिको उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा आकाश उप्रेती, सहसचिवमा अभिषेक पकुवाल र कोषाध्यक्षमा सरस्वती चौधरी चयन भएका छन् ।


समितिका सदस्यहरुमा दिपु सापकोटा, अर्पण कार्की, विशाल कार्की, विनोद दाहाल, गोपाल गिरी, दिपेश श्रेष्ठ, प्रज्वल मगर, प्रतिक कन्दङवा, अविशेक आचार्य, मनिष मेचे, करण फुयाल, विवेक कार्की, रमेश बानिया, विद्यानन्द चौधरी, सम्मान प्रसाई, टिकाराम खतिवडा, अरुण डाँगी, प्रवेश मगर, सञ्जय भण्डारी, विष्णु कार्की, गोपाल बस्नेत, विवेक मानन्धर, विवेक बस्नेत, दिपेन खतिवडा, भुषण खतिवडा, करण राजवंशी, देवान मुर्मु, विमल टुडु, क्षितिज पाठक लगायत चयन भएका छन् ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य भेषराज भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य धर्म लक्सम्बा, नेपाल तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, नेपाल लोकतान्त्रिक खेलकुद संघ झापाका अध्यक्ष मनोज सुब्बा गौरव, नेपाली कांग्रेस विर्तामोड नगर समिति सभापति भोजराज सिटौला लगायतले मन्तब्य राखेका थिए ।

शेयर गर्नुहोस :

378
Shares