बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका परिसरमा तनाव भइरहेको छ । जेन जी आन्दोलनका क्रममा नगरपालिका अगाडिको भागमा तनाव भइरहेको छ । एक जनालाई गोली समेत लागेको सूचना प्राप्त भएको छ ।

नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले सुरुमा अश्रु ग्यास हानेको थियो । नगरपालिकाको गेट अगाडि जेन जी युवाहरुको भीड बढेको छ ।
विहान नगरपालिका क्षेत्रमा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेर फर्किएका युवाहरु मुक्ति चोक आएर फेरि नगरपालिका फर्किएका थिए । उनीहरु नगरपालिका पुगेपछि अवस्ता तनावपूर्ण बनेको हो ।







प्रतिक्रिया