बिर्तामोड । बाह्रदशी गाउँपालिकाले पालिकाभित्र रहेका सुरक्षा युनिटलाई ३ लाख ५७ हजार ३३६ रुपैयाँको इन्धन खर्च प्रदान गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८१-०८२ मा उपलब्ध गराएको इन्धन खर्चलाई महालेखाले प्रश्न उठाएको छ । यो इन्धन खर्च विवरणले स्थानीय सुरक्षा निकाय इन्धन खर्चका लागि सहयोग लिन बाध्य रहेको देखिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता , मितव्ययिता , प्रभावकारिता र औचित्यताका आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ ।
कार्यक्षेत्रभन्दा बाहिर लागि गरिएको उक्त खर्चलाई महालेखाले मनासिव नदेखिएको स्पष्ट पारेको छ ।
बाह्रदशी गाउँपालिकाले राजगढ प्रहरी चौकीलाई रु १ लाख ३९ हजार ३५१, घैलाडुब्बा प्रहरी चौकीलाई ७६ हजार ७००, फुलवारी प्रहरी चौकीलाई ४१ ह्जार ३ सय १५ र भागडुब्बास्थित सशस्त्र प्रहरीलाई १ लाख रुपैयाँको इन्धन वितरण गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया