मुख्य समाचार

विद्या भण्डारीको घर जलाउने सोनम थेबे युवा संघ नेपालमा कहिल्यै पनि नरहेको

विद्या भण्डारीको घर जलाउने सोनम थेबे युवा संघ नेपालमा कहिल्यै पनि नरहेको


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनेमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै पनि नभएको स्पष्ट पारेको छ ।

बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले एक विज्ञप्ति जारी गरि उनी राष्ट्रिय युवा संघ कहिल्यै पनि नरहेको स्पष्ट पार्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘ विभिन्न संचार माध्यमहरू र सामाजिक सञ्जालहरू मार्फत सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको निवासमा आगजनि गरिएको विध्वंसकारी घटनासँग राष्ट्रिय युवा संघ नेपाललाई जोडेर मिथ्या तथा भ्रामक प्रचार प्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

राष्ट्रिय युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाको सवालमा सदैव राजनीतिक, सामाजिक र कानुनी मूल्य–मान्यताको अधिनमा रहेर पैरवी गर्दै आएको छ भन्दै विज्ञप्तिमा भनिएको छ ,‘ राष्ट्रिय युवा संघ नेपाल यस विषयमा विभिन्न संचार माध्यम र आम जनतालाई भ्रममा नपर्न अनुरोध गर्दछ । साथै, संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउने वा गैरकानुनी गतिविधि गर्ने हकमा, संगठनले आन्तरिक अनुशासनात्मक र कानुनी कारबाही गर्ने कुरा स्पष्ट गर्दछ ।’

सोनम थेवे आन्दोलनमा राप्रपाका रवि किरण हमालसँगै देखिएका थिए ।

 

शेयर गर्नुहोस :

135
Shares