दमक । नेवा : देय् दबू दमक नगर समितिले आज नेपाल सम्बत ११४६ नयाँ वर्ष एक कार्यक्रमको आयोजना गरी मनाएको छ । दमक क्षेत्रका नेवार समुदाय भेला भएर न्हुं दया ११४६ यात भिन्तुना नयाँ वर्ष नेपाल सम्बत मनाएका हुन् ।
दमक – ९ स्थित नेवाःदेय् दबूको कार्यालयमा संस्थाका कार्यवाहक अध्यक्ष राम प्रधानको अध्यक्षता भएको कार्यक्रममा नेवार समुदाय भेटघाट गरी नेपाल सम्बत नयाँ वर्षको शुभकामना आदान प्रदान गरी नेवारी परिकार खाएर मनाएका हुन् ।
संस्थाका कार्यवाहक अध्यक्ष प्रधानसहितका नेवार अगुवाहरुले दमक-६ मा रहेको नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाको शालिकमा माल्यार्पण गरिएको संस्थाको झापा जिल्ला सचिवालय सदस्य इन्द्र श्रेष्ठले जानकारी दिनुभयो । जसले गरीब जनताको ऋण तिरेर ऋण मिनाहा गरिदिएका थिए ।

यो नेवार समुदायको अत्यन्त महत्वपूर्ण साँस्कृतिक तथा धार्मिक पर्व हो । नेपाल सम्बतका प्रवतक शंखधर साख्वा हुन् । कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको प्रमुख राम थापाले नेवारी समुदायको साँस्कृतिको हिसावले समाजका अन्य समुदायका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।
सबै मिलेर नेवारी धर्म साँस्कृति मनाउनु पर्ने नगर प्रमुख थापाको सुझाव छ । नेवारी समुदायका संस्थाहरु बीच एकता कायम गर्न आफूले भोलीका दिनमा पहल गर्ने उहाँले बताउनु भयो । न्हुँ दया भिन्तुना (नयाँ वर्ष) को महत्वको विषयमा नेवाःदेय् दबू दमकका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक गणेश वहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो । कार्यक्रममा नेवारी पोशाकमा सजिएर कलाकारहरुले नृत्य प्रस्तुत गरेक थिए ।







प्रतिक्रिया