बिर्तामोड । प्रहरीले बुधबार साँझ बिर्तामोडमा भएको हत्याको घटनामा संलग्न एक जनालाई ८ घण्टा नबित्दै पक्राउ गर्न सफल भएको छ ।
इलाका प्रहरीको टोलीले बिर्तामोड ५ मा ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न २६ वर्षीय हेमकुमार चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चौधरीले बाँसले हिर्काएर राजवंशीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्रिलमा काम गर्ने राजवंशी र चौधरीबीच झगडा हुने क्रममा बाँसले हिर्काइएको थियो । बुधबार साँझ ६ः३० बजे भएको घटनामा संलग्न चौधरीलाई शिवसताक्षी क्षेत्रबाट आज विहान २ः१५ बजे पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ ।
घटना लगत्तै राजवंशीलाई बीएण्डी अस्पताल पुराइएको थियो । उनलाई अस्पताल पुराउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।







प्रतिक्रिया