दमक । झापाको दमक – ८ मा शनिवार एउटा घरमा आगलानी हुँदा छिमेकी पालिकाको दमकलले निभाएको छ । आगो नियन्त्रणमा लिन दमक नगरपालिकाको दमकल भने आउन सकेन । जेनजी आन्दोलनका क्रममा अराजक समूहले दमकलमा क्षति पुराएको थियो ।
जेनजी आन्दोलनमा तोडफोड भएको दमक नगरपालिकाको दमकल ग्यारेजमा मर्मत भई रहेको नगर प्रहरी प्रमुख रुद्धजंग कार्कीले जानकारी दिए । दमकलका केही सामग्री बाहिरबाट मगाउनु परेका कारण दमकल मर्मत कार्य ढिलाई भएको नगर प्रहरी प्रमुख कार्कीले जनाए ।

दमक नगरपालिकाले दमकल मर्मतको काममा ढिलाई गरेको स्थानीय बासिन्दाको आरोप छ । दमकको दमकल दमककै आगजालीको घटनामा प्रयोग गर्न सक्दा नगर प्रमुख सहितका जनप्रतिनिधिको आलोचना भएको छ । कहिले बन्छ दमकको दमकल भन्दै जनताले प्रश्न गरेका छन् ।
झापाको कमल गाउँपालिका, गौरादह नगरपालिका र मोरङ्गको उर्लावारी नगरपालिकाको दमकल बोलाएर आगो नियन्त्रणमा लिएको हो । दमक ८ स्थित सरस्वती टोलका बासिन्दा रविन खड्काको घरमा लागेको आगो छिमेकी पालिकाको दमकलको सहयोगबाट नियन्त्रणमा लिएको हो ।
आगलागीका कारण खड्काको घर जेलर नष्ट भएको सरस्वती टोल विकास संस्थाका अध्यक्ष चन्द्र खत्रीले बताए । आगो नियन्त्रणमा लिन स्थानीयबासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र बारुणयन्त्रकर्मी सबैको प्रयासले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घरधनी खड्काले पुजा कोठामा रहेको बत्तीबाट विधुतसट भई आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।







प्रतिक्रिया