Banner news

धनकुटाका सिडिओ गेलालको झापामा सरुवा

धनकुटाका सिडिओ गेलालको झापामा सरुवा


बिर्तामोड । गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ । आइतबारको यो निर्णयमा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू हेरफेर गरिएको छ । झापासहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको काभ्रेपलान्चोक सरुपा भएको छ भने धनकुटाका सिडिओ शिवराम गेलाल झापा आउने भएका छन् ।


यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन् । यसअघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई विभागको जिम्मेवारी दिइएको छ ।

यस्तै भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ। उनी यसअघि काभ्रेपलान्चोकको सीडीओ थिए । भक्तपुरका सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभामा सरुवा भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे लमजुङ, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली सरुवा भएका छन् ।

यस्तै महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका सीडीओ तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेललाई धनुषामा सरुवा गरिएको छ ।

शेयर गर्नुहोस :

3.5k
Shares