मुख्य समाचार

कनकाई माईमा पुरुषको शव फेला

कनकाई माईमा पुरुषको शव फेला


बिर्तामोड । कनकाई माईमा आज एक जनाको शव फेला परेको छ । शिवसताक्षी – ९ स्थित बैसाबारी क्षेत्रमा नदीको बिच भागमा शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

मध्यान्ह ४ः३० बजे तत्काल नाम थर वतन खुल्न नसकेको अन्दाजी ५६ वर्षको पहाडे मुलको मंगोलियन अनुहार जस्तो भएको पुरुषको शव फेला परेको हो । कम्बरभन्दा मुनि मात्र कालो रङको ट्राकसुट लगाएको अवस्थामा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा खवर गरेका थिए । सूचना लगत्तै प्रहरीको टोली शव भएको ठाउँमा पुगेर अनुसन्धान शुरु गरेको जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares