Banner news

हातेमालो जंगलभित्र लगेर कारमा आगजनी, घटना शंकास्पद

हातेमालो जंगलभित्र लगेर कारमा आगजनी, घटना शंकास्पद


बिर्तामोड । झापाको मेचीनगर १३  चारआली भद्रपुर रोड क्षेत्रमा पर्ने  हातेमालो सामुदायिक वन जंगलभित्र आगजनी गरिएको अवस्थामा एउटा कार फेला परेको छ ।

आज बिहान ११ बजे जंगलभित्र कारमा आगो लागिरहेको देखेपछि स्थानीय र सुरक्षाकर्मी सहित भद्रपुरको दमकलले आगो नियन्त्रणमा लिएको छ । गाडि भने पूर्ण क्षति भएको छ ।

गाडिको नम्बर समेत हटाएर आगो लगाइको छ । झापा प्रहरीका अनुसार घटना शंकास्पद हुन सक्ने अनुमान गरिएको छ । घटना स्थल नजिकै मास्क देखिएपछि कसैले गाडिमा आगो लगाएर भागेको हुन सक्ने प्रहरीको भनाई छ ।

आगो लगाउने व्यक्ती जंगलभित्र भागेको हुन सक्ने अनुमानमा सुरक्षाकर्मीले खोजी सुरु गरेको छ ।

यता, माईधार क्षेत्रबाट गाडिसहित हराइरहेको एक व्यक्ती पनि हुन सक्ने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस :

1.7k
Shares