बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले विदेशमा अध्ययन गर्न चाहने नेपाली विधाथीहरुको सपना पुरा गरेको बताएका छन् । इक्यानसँग आवद्ध एजुकेशन कन्सल्टेन्सीहरुले विदेशमा अध्ययन गर्न जान सपना देख्नेहरुको सपना पुरा गरेको दावी गरे ।
शुक्रवार झापाको बिर्तामोडमा इक्यान झापाको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा बोल्दै इक्यानको स्थापना हुनु पूर्व सम्पन्न परिवारका नेपाली विधार्थी बाहेकले विदेश अध्ययन गर्न नसक्ने अवस्था रहेको स्पष्ट पारे । संघको स्थापनापछि सबै वर्गका विधार्थीहरुको विदेश अध्ययन गर्ने सपना पुरा भइरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले झापा शाखाको सक्रियतामा खुशी व्यक्त गरेका छन् ।

पूर्व अध्यक्ष प्रकाश पाण्डेले व्यवसाय र अभिभावकको लगानी सुरक्षित हुनुपर्ने धारणा व्यक्त गरे । उनले विद्यार्थी र अभिभावकलाई राम्रो परामर्श दिए मात्रै व्यवसाय सुरक्षित हुने बताए । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको परिवारको आर्थिक हैसियत समेत बुझेर सल्लाह दिनुपर्ने उनको भनाई छ । पाण्डेले भने, भारतमा पढाउन सक्ने परिवारलाई अष्ट्रेलिया पठाउन सल्लाह दिनु हुदैन, यसमा हाम्रो भूमिका हुनुपर्छ । पाण्डेले अभिभावकहरुलाई आफ्नो छोराछोरीको शिक्षा र संस्कारमा लगानी गर्न सूझाव दिएका छन् । विदेश अध्ययनमा पठाएपछि पनि अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै पाण्डेले व्यवसायीहरुलाई पनि लोभमा नपर्न आग्रह गरे । अभिभावकलाई सहि सल्लाह दिनुपर्छ, आफै लोभमा परियो भने त्यसले सिंगो व्यवसायलाई असर गर्छ ।
पूर्व अध्यक्ष पाण्डेले व्यवसायीहरुलाई चुक्ने छुट नभएको बताउदै विग्रनु पूर्व सचेत हुन आग्रह गरेका छन् । गल्ती गर्नेहरुलाई इक्यानले बचाउन नसक्ने उनले स्पष्ट पारे ।
यस्तै, शुभकामना मन्तव्य राख्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले एजुकेशन कन्सल्टेन्सीहरुलाई मेनपावरको काम नगर्न सूझाव दिए । उनले झापामा इक्यानले जिल्ला प्रशासनलाई अनुगमनकै लागि आग्रह गरेर पूर्व सतर्कता समेत अपनाएकोमा धन्यवाद व्यक्त गरे । उनले काम गर्दा पाप नलाग्ने गरी गर्नुपर्ने भन्दै आगामी दिनहरुमा नियम पूर्वक काम गर्न आग्रह गरे ।
कार्यक्रममा झापाका संस्थापक अध्यक्ष सुमनशर्मा जमरकट्टेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोडका डिएसपी विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । झापा शाखाका अध्यक्ष इ.रोशन सुवेदीको अध्यक्षतामा भएको उद्घाटन शत्रको सञ्चालन सचिव अशोक भण्डारीले गरेका थिए ।







प्रतिक्रिया