Banner news

हुलाकी सडकको विरिङ पुलमुनी पुरेको अवस्थामा शव भेटियो

हुलाकी सडकको विरिङ पुलमुनी पुरेको अवस्थामा शव भेटियो


बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका – २ र झापा गाउँपालिका – ५ जोड्ने हुलाकी सडकको राजमार्गको विरिङ पुल मुनी गाढेको अवस्थामा शव फेला परेको छ ।

शव पुरेर टिनले छोपेको अवस्थामा देखेपछि स्थानीयको ठुलो भीड लागेको छ । शव भएको स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगिसकेको छ ।

शव खाल्डो मै रहेको र गन्हाएको अवस्थामा रहेको बुझिएको छ । प्रहरीले शव बाहिर निकालेपछि मात्रै पहिचान खुल्ने छ । स्थानीयका अनुसार बाहिरबाट लगेर पुरेको हुन सक्ने अनुमान गरिएको छ ।

शेयर गर्नुहोस :

540
Shares