दमक । एमालेको जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
एमाले दमक नगर कमिटीले संविधानको रक्षा, संसद पुर्नस्थापना लगायतका माग गर्दै पार्टीले आफ्ना जनसंगठनहरुको सहभागिताका मोटरसाइकल र्याली गरेको हो ।
पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा आयोजना गरिएको मोटरसाइकल र्यालीमा युवा, महिला, सर्वसाधारण, पार्टी कार्यकर्ता र नेताहरु पानीमा भिज्दै सहभागी भए ।

दमक – ५ स्थित गोरर्खा डिपार्टमेन्ट स्टोर दमकबाट शुरु भएको मोटर साइकल र्याली दमक ८ को सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, दमक २ को आम्दा रोडबाट मदन डाँगी सडक, फाल्गुनन्द चोक हुँदै दमकको गणतन्त्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
मोन्था चक्रवातको असरपछि भइरहेको वर्षामा भिज्दै ठूलो संख्यामा एमाले कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तक सहभागी भएका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछिको काम गतल बाटोमा गएको, मुलुक नै खतराको भुमरीमा परेको हुँदा संसद पुर्नस्थापना गरेर मात्र मुलुकलाई उचित दिशामा ल्याउने संक्ने भन्दै मोटरसाइकल र्याली गरेको एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले बताउनुभयो ।
दमकको गणतन्त्र चोकमा भएको कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले कैदीबन्दी फरार रहेको, देशमा शान्ति सुरक्षा नभएको, लुटिएका हतियारहरु फिर्ता नभएको र चुनाव हुने वातावरण नभएका कारण एमालेले संसद पुर्नस्थापनाको माग उठाएको बताउनु भयो । अहिलेको शुसिला कार्की नेतृत्वको सरकारले चुनाव हुने वातावरण सिर्जना गरे एमाले चुनावबाट कदापी नभाग्ने पनि राईले प्रष्ट पार्नुभयो ।







प्रतिक्रिया