मुख्य समाचार

लागुऔषधसहित नुवाकोटका युवक काँकरभिट्टामा पक्राउ

लागुऔषधसहित नुवाकोटका युवक काँकरभिट्टामा पक्राउ


झापा । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट आज साँझ एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङलाई शंका लागेपछि जाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

उक्त पदार्थ प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेको जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares