बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको एक थान हतियार र २१ थान गोली फेला परेको छ ।
बिर्तामोड–६ सुगम शान्ति टोलमा सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज ४ः४५ बजे प्रहरीले ०३११००८७२ नम्बरको हतियारसहित म्याग्जिन र १९ राउण्ड सावुत, २ राउण्ड वेसावुत गोली बरामद गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा इप्रका अनारमनीबाट लुटिएको सो हतियार इप्रकामै ल्याएर राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
दमक र बिर्तामोडबाट अझै २२ नाल हतियार बरामत हुन बाँकी रहेको जनाइएको छ ।







प्रतिक्रिया