Banner news

बिर्तामोड इलाकामा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ, अरुलाई खोज्दै प्रहरी

बिर्तामोड इलाकामा आगजनी र तोडफोड गर्ने दुई जना पक्राउ, अरुलाई खोज्दै प्रहरी


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ त्रिवेणीचोकबाट जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो अर्जुनधारा नगरपालिका–६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पुजा मगरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार यी दुबै जना भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको घटनामा संलग्न रहेका थिए ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर हाल इप्रका अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
इप्रका अनारमनीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

513
Shares